सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, ११ : ३२
सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ ।गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ । 

यता चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ ।महासंघका अनुसार आज चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस