इलोन मस्कको ट्वीटसँगै घट्यो बिटक्वाइनको मूल्य

एजेन्सी

सोमबार, ०३ जेठ २०७८, १२ : १४
इलोन मस्कको ट्वीटसँगै घट्यो बिटक्वाइनको मूल्य

काठमाडौं ।अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक इलोन मस्कले अब कार खरिदमा बिट्क्वाइन सपोर्ट नगर्ने घोषणा गरेसँगै बिट्क्वाइनको मूल्य ह्वात्तै घटेको छ ।

बिट्क्वाइन माइनिङ र यसको ट्रान्ज्याक्सन वातावरण मैत्री नभएको बताउँदै टेक्नोलोजी जगतका सेलेब्रिटी मस्कले अब टेस्ला कार किन्न यसको प्रयोग नगर्ने घोषणा गरेका थिए ।

उनको यो घोषणासँगै एक महिना अगाडि ६४ हजार अमेरिकी डलरभन्दा माथि पुगको बिट्क्वाइनको मूल्य आज ४२ हजार डलरभन्दा तल झरेको छ ।

टेस्लाले गत फेब्रुअरीमा बिट्क्वाइन सपोर्ट गर्ने घोषणा गरेपछि बिट्क्वाइनको मूल्य आकाशिएको थियो । तर, मस्कले अब सपोर्ट नगर्ने घोषणा गरेको पहिलो मिनेटमै बिट्क्वाइनको मूल्य ५ प्रतिशतले घटेको थियो ।बिट्क्वाइनसँगै अन्य क्रिप्टोकरेन्सीहरूको पनि मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस