आजदेखि युरोपेली देश जर्मनीले पनि नेपाललाई भिसा नदिने

एजेन्सी

सोमबार, ०३ जेठ २०७८, ११ : ५०
आजदेखि युरोपेली देश जर्मनीले पनि नेपाललाई भिसा नदिने

काठमाडौं ।नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै जर्मनीले सोमबारदेखि लागु हुने गरि नेपालसँग यात्रा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

गएराति १२ बजेदेखि यात्रा प्रतिबन्ध लागु भएको काठमाडौंस्थित जर्मनी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।तर, जर्मनी नागरिकले चाहिँ उद्धार उडानमार्फत देश फर्कन सक्ने भएका छन् ।

यसअघि जर्मनीको भिजा प्राप्त गरेकाले पनि देश प्रवेशको अनुमति पाउने छैनन् ।काठमाडौंको लकडाउन नखुलेसम्म भिजा सेवा पनि बन्द गरिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस