कैलालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १६ : ४२
कैलालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन संक्रमितको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले  जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा गोदावरी–३, कैलालीका ३१ वर्षीय पुरुष, धनगढी–२ कैलालीका ४९ वर्षीय पुरुष र गोदावरी–३ कैलालीकै ५२ वर्षीय पुरुष छन् ।

पछिल्लो २४ घण्टामा ७७६ नमुना परीक्षण गर्दा २७० जनामा कोरोना पुष्टी भएको छ ।