नेपाली कांग्रेसद्वारा अध्यादेशको विरोध

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १८ : ११
नेपाली कांग्रेसद्वारा अध्यादेशको विरोध

काठमाडौँ । काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको विरोध गरेको छ । 

CG Developers Tansen Cement box

काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै विरोध गरेको हो । 

बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले  राष्ट्रपतिले संविधान र  लोकतन्त्रको खिलापमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए ।