अफगानिस्तानमा नौ तालिवान लडाकू मारिए

एजेन्सी

शुक्रबार, १७ बैशाख २०७८, १८ : १५
अफगानिस्तानमा नौ तालिवान लडाकू मारिए

अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार भएको एक झडपमा परी नौ तालिवान लडाकू मारिएका छन् ।  यस भडपमा परी अन्य चार तालिबान लडाकू घाइते भएका सुरक्षा स्रोतले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । 

 लाघमान प्रान्तको आलिशिङ जिल्लाको कोह्ना इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच सो झडप भएको थियो । यस झडपको क्रममा सुरक्षा अधिकारीहरु तालिबानले लडाकू समूहको हातहतियार समेत कब्जा लिएको जनाइएको छ । 

यसैगरी घोर प्रान्तमा तालिवान आफैले सडक किनारमा राखेको बम विस्फोटका परी छ तालिवान लडाकूको मृत्यु भएको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ । करिब दुई दशकदेखि अफगानिस्तानमा विद्रोह गररहेका लडाकू समूह तालिवान भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । (रासस ÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस