इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

एजेन्सी

शुक्रबार, १७ बैशाख २०७८, ०८ : ३५
इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

एजेन्सी । उत्तर पूर्वी इजरायलमा एक धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।इजरालयको राष्ट्रिय संकटकालीन सेवा मेगान डेभिड अडोम एमडीएले मृतकको एकिन संख्या उल्लेख नगरे पनि दर्जनौं घाइते भएको बताएको छ । द टाइम्स अफ इजराउलले कम्तिमा ४४ जनाको मृत्यु भएको र घाइतेहरुको उद्दार भइरहेको जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘गम्भीर क्षति’ भनेका छन् । उनले घटनामा हताहती भएकाहरुका लागि प्रार्थाना गरिरहेको बताएका छन् ।

माउन्ट मेरोन पहाडको फेदीमा आयोजित लेग बी’ओमार पर्वका लागि दशौं हजार यहुदीहरु भेला भएका थिए । इजरायलमा कोरोना महामारी सुरु भएयता पहिलोपल्ट सबैभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस