भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नजिक, दैनिक वृद्धिमा बनायो नयाँ रेकर्ड

एजेन्सी

मंगलबार, १४ बैशाख २०७८, ११ : ४०
भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नजिक, दैनिक वृद्धिमा बनायो नयाँ रेकर्ड

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित संख्या चार लाखको नजिक पुगेको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित अनुसार भारतमा कोरोना भाइरस संक्रमित संख्या ३ लाख ९५ हजार नाघेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो भारतमा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धि हो।

भेटिएकामध्ये धेरै संक्रमित महाराष्ट्र, तमिल नाडु र राजधानी दिल्लीबाट रहेको मन्त्रालयले जनाएको छ। यस्तै मृतक संख्या १२ हजार ९ सय ४८ पुगेको छ।

यसैबीच इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइएमसिआर) ले भारतीय राज्यहरूलाई कोरोना परीक्षण क्षमता बढाउन भनेको छ। उसले संक्रमणको प्रारम्भिक पहिचान र रोकथामको क्षमता बढाउन सुझाव पनी उनीहरूलाई दिएको छ।

यसैगरी पछिल्लो विश्व विवरण अनुसार विश्वमा संक्रमित संख्या ८६ लाख ३७ हजार ९ सय १ पुगेको छ। यसमा अमेरिकामा सबैभन्दा बढी २२ लाख १९ हजार १ सय १९ संक्रमित रहेका छन्। यस्तै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५९ हजार नाघिसकेको छ।