चुइगमलाई दश मिनेटसम्म मात्र चपाउँदा पनि १० करोड ब्याक्टेरिया नष्ट हुने

एजेन्सी

शुक्रबार, १० बैशाख २०७८, १४ : ११
चुइगमलाई दश मिनेटसम्म मात्र चपाउँदा पनि १० करोड ब्याक्टेरिया नष्ट हुने

काठमाडौं । आजकल धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ । मुखको दुर्गन्ध हटाउन तथा मुखको तलतल मेटाउन चुइगम चपाउने गरिन्छ । तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ?

बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको संक्रमण गराउन सक्ने भाइरसलाई मार्दछ । कतिसम्म भने करिब १० मिनेट मात्र चुइगम चपाउँदा मुखमा भएको १० करोड ब्याक्टेरिया नष्ट हुन्छ ।

नेदरल्यान्डको युनिभर्सिटी अफ ग्रोनिजनका विशेषज्ञहरूले गरेको एक अनुसन्धान अनुसार चुइगममा मुखको ब्याक्टेरियालाई मुखको खाल्डो र टोड्कोबाट क्याभिटी हटाउने क्षमता हुन्छ । चुइगमलाई दश मिनेटसम्म मात्र चपाउँदा थुकमा हुने तथा मुख भित्रका १० करोड बढी व्याक्टेरिया नष्ट हुन्छन् ।

चुइगममा एक प्रकारको लिसो हुन्छ, जसले मुख भित्रका करौडौं व्याक्टेरियालाई चुइगममा टास्ने र सो चुइगम थुक्दा त्यसैमार्फत व्याक्टेरिया शरीरबाट बाहिरीने गर्दछन् । यतिमात्र होइन चुइगम चपाउँदा निलिने थुकबाट समेत मुखका व्याक्टेरिया पेटसम्म पुग्छन् र त्यहाको आद्रताले मर्ने गर्दछन् । तसर्थ चुइगम चपाउनु ब्रस गर्नु जतिकै लाभदायिक छ ।

प्रतिक्रिया दिनुहोस