सभामुख अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा हेर्न नभ्याइनेमा

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १४ : ३१
सभामुख अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा यस पटक पनि सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । यसअघि पनि सो मुद्दा पटक पटक सुनुवाइका लागि पेसी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

माओवादी सशस्त्र संघर्षका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भए पनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो । संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारर्की सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते सापकोटालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस