बलिउड अभिनेता सोनु सूदलाई कोरोना संक्रमण

एजेन्सी

शनिबार, ०४ बैशाख २०७८, १४ : ४३
बलिउड अभिनेता सोनु सूदलाई कोरोना संक्रमण

एजेन्सी । बलिउड अभिनेता सोनु सूदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोनुले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको शनिबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘नमस्कार साथीहरु, मेरो कोभिड–१९ परिक्षणको रिपोर्ट पोजेटिभ आएको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु। यसकारण मैले आफूलाई क्वारेन्टिनमा राखेको छु। चिन्ता लिनु पर्दैन। उल्टो अब मसँग पहिलेभन्दा बढी समय रहने छ तपाईंहरुको समस्या बुझ्नका लागि। जुनसुकै समस्यामा म सधैँ तपाईंहरुको साथमा छु।’

कोरोना भाइरसको महामारीका कारण भारतमा गत वर्ष भएको लकडाउनका समयमा विचल्लीमा परेका मजदूरहरुलाई घर पठाउन उनले सहयोग गरेका थिए। उनको उक्त अभियान अहिले पनि जारी छ।