सभामुख अग्नि सापकोटामाथि खनिए प्रधानमन्त्री ओली, सभामुखको अराजकताले कामै गर्न नसकेको गुनासो

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, १२ : ५८
सभामुख अग्नि सापकोटामाथि खनिए प्रधानमन्त्री ओली, सभामुखको अराजकताले कामै गर्न नसकेको गुनासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको अराजकताले कामै गर्न नसकेको गुनासो गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुख अग्नि सापकोटाले संसद बन्दक बनाएको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेका छन् ।’

सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको उनको भनाइ छ । बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए ।

डा लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने, ‘यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो ।’ उनले राजनीतिक विकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा लोहनीले बताए । 
 

प्रतिक्रिया दिनुहोस