काठमाडौं । ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।
सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमण भएपछि कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेका सो मन्त्रालयले जानकारी दिएको छ ।
ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । यहाँ कोरोना भारइसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म तीन करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् ।
ब्राजिलमा गत जनवरीदेखि कोरोना नयाँ लहर देखिएको र देशका धेरै राज्यको स्वास्थ्य सेवा प्रणालीहरुमा अधिक भार परेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ बैशाख २०७८, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो
कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्दो