सेप्टेम्बर ११ सम्म सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने बाइडेनको घोषणा

एजेन्सी

विहीबार, ०२ बैशाख २०७८, १० : २३
सेप्टेम्बर ११ सम्म सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक आउने सेप्टेम्बर ११ सम्म फिर्ता हुने घोषणा गरेका छन्। ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले ट्विन टावरमा आक्रमण भएको बीस वर्ष पुग्ने दिनअघि नै अफगानिस्तानबाट सैनिक फिर्ता हुने बताएका हुन्।

अहिले अफिगानिस्तानमा अमेरिका र अन्य नाटो राष्ट्रका झन्डै १० हजार सैनिक छन्।सैनिकहरूको फिर्ता आउने मे १ बाट सुरू बताइएको छ। अफगानिस्तानमा तालिवानविरूद्ध अमेरिकाले युद्ध सुरू गरेपछि अमेरिकामा चार जना राष्ट्रपति भएका छन्।म यो काम पाँचौं राष्ट्रपतिलाई पनि दिन चाहन्नँ,’ बाइडेनले भने।बाइडेनको घोषणापछि विज्ञप्ति जारी गर्दै नाटो सदस्य राष्ट्रले व्यवस्थित तरिकाले सैनिकहरू फिर्ता गर्ने जनाएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति बाइडेन र अफगान समकक्षी असरफ घानीबीच सैनिक फिर्ताबारे कुरा भएको छ। बुधबार दुई राष्ट्रपतिबीच कुरा भएको र आफूले अमेरिकाको निर्णयको सम्मान गर्ने राष्ट्रपति घानीले जानकारी दिएका छन्।  

अमेरिकी फौज कुनै मुलुकमा झन्डै २० वर्ष लडेको यो पहिलो घटना हो। कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस