कोरोना बढेपछि बंगलादेशले बन्द गर्ने भयो आन्तरिक र अन्तर्राष्ट्रिय उडान

एजेन्सी

सोमबार, ३० चैत्र २०७७, १४ : ४७
कोरोना बढेपछि बंगलादेशले बन्द गर्ने भयो आन्तरिक र अन्तर्राष्ट्रिय उडान

file Photo

ढाका । कोरोनाभाइरसका संक्रमित दिनदिनै बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गर्ने भएको छ।

बंगलादेशको नागरिक उड्ययन प्राधिकरणले आइतबार अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिने जानकारी दिएको छ। यो प्रतिबन्धले ५ सय बढी उडान बन्द हुनेछन्।

आन्तरिक र चार्टर्ड उडानमाथि पनि प्रतिबन्ध लगाइएको छ। मेडिकल इमरजेन्सी, मानवीय सहायता र  कार्गो फ्लाइट भने उडान गर्न सकिने छ।

यसअघि मार्चमा कोरोनाभाइरसको संक्रमण बढेपछि सरकारले ९ दिन  लामो देशव्यापी लकडाउन गरेको थियो।  

यसैबीच बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई कोरोनाभाइरसको संक्रमण भएको छ। उनलाई कुनै लक्षण देखिएको छैन भने अवस्था सामान्य छ।

बंगालदेशमा गत शुक्रबार ७ हजार ४ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।  अहिलेसम्म त्यहाँ ६ लाख ८४ हजार जनामा कोरोना भएको छ भने ९ हजार ७ सय संक्रमितले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस