अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

एजेन्सी

बुधबार, २५ चैत्र २०७७, १४ : ०८
अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

काबुल ।  द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । 

अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ । 

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।(रासस–सिन्ह्वा)
 

प्रतिक्रिया दिनुहोस