अफगानिस्तानको काबुलमा बम  विस्फोट, एक सैनिकको मृत्यु

एजेन्सी

सोमबार, २३ चैत्र २०७७, १२ : ३५
अफगानिस्तानको काबुलमा बम  विस्फोट, एक सैनिकको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा  भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ ।

सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक  घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ । 

यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः

तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात  रहेको आशङ्का प्रहरीको रहेको छ । 
(रासस÷सिन्ह्वा )
 

प्रतिक्रिया दिनुहोस