प्रदेश नं. ३

प्रदेश ३ को राजधानी काभ्रेमा बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता

बुधबार, १४ चैत्र २०७४, १८ : १३
प्रदेश ३ को राजधानी काभ्रेमा बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता

चन्द्र घलान
मकवानपुर । प्रदेश नम्बर ३ को स्थायी राजधानी काभ्रेमा बनाउनुपर्ने भन्दै ३ जना सांसदहरुले प्रदेशसभा सचिवालय हेटौँडामा लिखित प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश राजधानी हेटौँडाबाट सारेर अन्तै सार्नुपर्छ भन्दै विभिन्न कार्यक्रममा बोल्दै हिँडेका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित र राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरुले राजधानी अन्तै सार्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश गर्नेछन् भन्ने अनुमान धेरैले गरेका थिए । तर उनीहरुभन्दा अगाडि नै आज प्रदेशसभा सचिवालय हेटौँडामा ३ जना सांसदले लिखित प्रस्ताव दर्ता गरेका हुन् ।
सांसदहरु लक्ष्मण लम्साल, चन्द्रबहादुर लामा र बसुन्धरा हुँमागाईले काभ्रेलाई प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन् ।
काभ्रेको आइटी पार्कमा राजधानीको संरचना निर्माण गर्न सकिने उनीहरुले दाबी समेत गरेका छन् । उनीहरुले नेपालको संविधान २८८ को धारा २ मा आधारित रहेर प्रस्ताव दर्ता गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस