माओवादीसँगको भिडन्तमा भारतमा २२ सुरक्षाकर्मी मारिए

एजेन्सी

आइतबार, २२ चैत्र २०७७, १४ : २७
माओवादीसँगको भिडन्तमा भारतमा २२ सुरक्षाकर्मी मारिए

 भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यू भएको छ । ४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अवरेसन चलाएका थिए । त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए । त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो ।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ । तर घटनास्थलमा एक महिलाको मात्रै लाश भेटिएको सञ्चारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस