भारतको राजधानी दिल्लीमा ७६ वर्ष यताकै गर्मी

एजेन्सी

मंगलबार, १७ चैत्र २०७७, १२ : ३८
भारतको राजधानी दिल्लीमा ७६ वर्ष यताकै गर्मी

file-photo

दिल्ली । भारतको राजधानी दिल्लीमा ७६ वर्ष यताकै गर्मी महसुस गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार दिल्ली, महाराष्ट्र, ओडिसी लगायतका ठाउँको तापक्रम ४० डिग्री सेल्सियसको नजिक पुगेको छ ।

दिल्लीसहित महाराष्ट्रको पुणेमा पनि तापक्रम ४०.१ सेल्सियस मापन गरिएको छ । केही राज्यमा लु चल्न सुरु भएको छ ।महाराष्ट्र, ओडिसा, झारखंड, गुजरात, उत्तर प्रदेश, विहार, राजस्थान, हरियाणा लगायतका राज्यको तापक्रम ४० डिग्री रहेको अनुमान गरिएको छ । मौसम विज्ञान विभागले पूर्वी राज्यमा भारी वर्षा हुनसक्ने जनाएको छ ।

राजधानी दिल्लीमा सन् १९४५ यताकै सर्वाधिक गर्मी भएको जनाइएको छ । २९ मार्चमा होलीको दिनमा सफदरजंग बस स्टेसनमा अधिकतम तापक्रम ४०.१ डिग्री मापन गरिएको थियो । अप्रिल ३ देखि गर्मी अझै बढ्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस