काठमाडौं । स्वेज नहरमा फँसेको एभर गिभन कन्टेनर जहाज आंशिकरुपमा हटेपछि तेलको मूल्यमा गिरावट आउन शुरु भएको छ । फँसेको जहाज हटेसँगै वैश्विक व्यापारको महत्त्वपूर्ण मार्ग चाँडै खुल्ने आशा देखिएपछि तेलको मूल्यमा गिरावट आउन शुरु भएको हो ।
ग्लोबल बेन्चमार्च ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतले घट्दै ६३.२८ डलर प्रतिब्यारेल पुगेको छ भने अमेरिकी बेन्चमार्क वेस्ट टेक्सासको मूल्य २ प्रतिशतले घट्दै ५९.७७ डलर प्रति ब्यारेल पुगेको छ ।
स्वेज क्यानलका अधिकारीहरुका इजिप्टको नगरलाई बन्द गर्ने गरी फँसेको जहाजको अधिकांश भागलाई पानीमा फर्काउन सफल भएको बताएका छन् । २ लाख २४ हजार टन वजन भएको जहाज एक हप्तादेखि त्यहाँ फँसेको थियो ।
स्वेज नहर विश्वकै महत्त्वपूर्ण व्यापारिक रुट मध्येमा पर्दछ । विज्ञहरुले फँसेको जहाजका कारण तेलको मूल्य अझै बढ्न सक्ने बताएका थिए । (सीएनएन)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ चैत्र २०७७, १५ : १४
लेखकबाट थप