संसदलाई जीवन्त र जनमुखी बनाएर छाड्छौँ : सभामुख सापकोटा

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ११ : १४
संसदलाई जीवन्त र जनमुखी बनाएर छाड्छौँ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। त्यसका लागि शीर्ष नेताहरुसँग आफूले निरन्तर संवाद गरिरहेको उनले बताए।

संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन तथा हाम्रा माननीय पुस्तक विमोचन समारोहमा सभामुख सापकोटाले संसदमा अपेक्षा अनुसार काम नभएको स्वीकारे।

प्रधानमन्त्रीले संसद विघटन गरेको पुष ५ देखि सर्वोच्चले संसद ब्यूँताएको फागुन ११ सम्म विश्व विद्यालयमा जस्तो सिकाईको अवस्था रहेको सापकोटाले बताए।

‘निकै उतारचढाव र महान बहसपछि यहाँ आइपुगेका छौँ । समुन्द्र मन्थल भयो, अब संसदले गति लिएको छ, सही दिशामा अघि बढेको छ’, सापकोटाले भने, ‘तर बहस अझै सकिएको छैन।’

उनले भने, ‘संसदलाई जीवन्त र जनमुखी बनाएर छाड्छौँ । त्यसमा हामी प्रतिवद्ध छौँ ।’

प्रतिक्रिया दिनुहोस