म्यानमारमा सेनाले  ७ वर्षकी बालिकालाई गोली हान्यो, हालसम्म २० बच्चाको मृत्यु

एजेन्सी

विहीबार, १२ चैत्र २०७७, १५ : १७
म्यानमारमा सेनाले  ७ वर्षकी बालिकालाई गोली हान्यो, हालसम्म २० बच्चाको मृत्यु

म्यानमारमा सैन्यू कू विरुद्ध चलिरहेको प्रदर्शनको दमनमा लागेको सेनाले अर्को एउटा क्रुर कारवाही गरेको छ । मांडले शहरमा सेनाले पिताको काखमा बसेकी ७ वर्षकी बालिकालाई गोली हानेको छ । प्रहरीको गोली लागेर मृत्यु हुनेमा खिन मायो चित सबैभन्दा कम उमेरकी पीडित हुन् ।

मृतकका छिमेकी सुमायाले भनिन्, ‘प्रहरीले मंगलबार प्रदर्शनकारीको खोजी गरिरहेका थिए । केही प्रहरी आए र लात हानेर खिनको घरको ढोका ढक्ढकाउन थाले । खिनकी दिदीले ढोका खोलेपछि जवान घरमा छिरे । सोध्न थाले, ‘पापाबाहेक घरमा को छन् ?

दिदीले भनिन्, ‘कोही छैन । प्रहरीले उनको कुरा झुटो बताएर कुटे । यो देखेर अगाडि उभिएकी खिन डराएर घरमा भएका पिताको काखमा बसिन् । तब पछाडिबाट आएका प्रहरीले पितामाथि गोली बर्साउन सुरु गरे, त्यहि क्रममा बालिकामाथि गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भयो । ’

सेभ द चिल्डेनका अनुसार म्यानमारमा हालसम्म सेनाको गोलीबारीमा २० बालबालिकाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस