नयाँ दिल्ली । भारतमा दैनिकजसो नयाँ भेटिएका कोरोना संक्रमितको आँकडा ५० हजार पार भइरहेको छ । बुधबार यहाँ ५३ हजार ४ सय १९ संक्रमित भेटिए । २६ हजार ५ सय ७५ बिरामी ठिक पनि भएका छन् भने २ सय ४९ को मृत्यु भएको छ ।
नयाँ संक्रमितको यो आँकडा २३ अक्टोबरपछि सबैभन्दा धेरै हो । त्यतिबेला ५३ हजार ९ सय ३१ बिरामी भेटिएका थिए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३१ हजार ८ सय ५५ बिरामी महाराष्ट्रमा भेटिए । यहाँ १५ हजार ९८ बिरामी निको भए र ९५ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २६ हजार ५ सय ८८ को बढोत्तरी दर्ता गरिएको छ । यसका साथै कूल सक्रिय संक्रमित ३.९१ लाख भएका छन् ।
आज (बिहिबार) यो चार लाख पार हुने अनुमान गरिएको छ । देशमा हालसम्म १ करोड १७ लाख ८७ हजार १३ जना यो महामारीको चपेटमा आइसकेका छन् । यीमध्ये १ करोड १२ लाख २९ हजार ५९१ निको भइसकेका छन् जबकी १.६० लाख बिरामीले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ चैत्र २०७७, ११ : ३७
लेखकबाट थप