रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा १५ जनाको मृत्यु

एजेन्सी

बुधबार, ११ चैत्र २०७७, २१ : ३५
रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा १५ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको कक्सबजारस्थित रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा १५ जनाको मृत्यु र चार सय जना बेपत्ता छन्।

‘यो विशाल छ, यो विनाशकारी छ’, युएनएचसिआरका जोहानेस भानडेर क्लाउले भने। उनका अनुसार पाँच सय ५० जना घाइते र ४५ हजार जना विस्थापित छन्। ‘सबै सक्यो। हजारौं घरविहीन भएका छन्,ु बालुखाली क्याम्पबाट शरणार्थी अमन उल्लाले रोयटर्ससँग भने, ‘आगलागी ६ घण्टापछि नियन्त्रणमा लिइएको थियो तर केही भागमा रातभर धुँवा उडेको देखिन्थ्यो।’ बंगलादेशी अधिकारीहरूले अहिलेसम्म ११ जनाको मृत्यु भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस