अमेरिकामा २ करोड  २८ लाखभन्दा धेरैले जिते कोरोना

एजेन्सी

मंगलबार, १० चैत्र २०७७, ११ : २२
अमेरिकामा २ करोड  २८ लाखभन्दा धेरैले जिते कोरोना

काठमाडौँ । अमेरिकामा २ करोड २८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा ८८ हजार २८९ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड २८ लाख ४४ हजार ५६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९२५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख  ५५ हजार ९४३ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ४४ हजार २७८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ५ लाख ७५ हजार ४९२ नाघेको छ ।

प्रतिक्रिया दिनुहोस