नयाँ दिल्ली । भारतमा कोरोनाका नयाँ संक्रमितको आँकडा लगातार बढिरहेको छ । बुधबार ३५ हजार ८ सय ३८ मानिसहरु कोरोनाद्वारा संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १७ हजार ७ सय ९३ बिरामी निको भए भने १ सय ७१ को मृत्यु भएको छ ।
यसका साथै उपचार गराइरहेका बिरामी अर्थात् एक्टिभ संक्रमितको आँकडा २ लाख ४९ हजार १ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक्टिभ संक्रमितमा १७ हजार ८ सय ६२ को वृद्धि भएको छ । नयाँ संक्रमितको आँकडा ५ डिसेम्बरपछि अर्थात् १ सय १ दिनमा सबैभन्दा धेरै हो । ५ डिसेम्बरमा ३६ हजार १० संक्रमित भेटिएका थिए ।
भारतमा हालसम्म कूल १ करोड १४ लाख ७४ हजार ३०२ जना यो महामारीको चपेटमा आइसकेका छन् । १ करोड १० लाख ६१ हजार १७० निको भएका छन् जबकी १ लाख ५९ हजार २५० मानिसहरुको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ चैत्र २०७७, ११ : २७
लेखकबाट थप