क्याम्पाचौरमा घन्कियो, लेककी हे माया...

सोमबार, १२ चैत्र २०७४, १० : ४६
क्याम्पाचौरमा घन्कियो, लेककी हे माया...

नारायणगढ : चैते दशैको दिन साँझ परिसकेको थियो । क्याम्पचौर नारायणगढमा विभिन्न उमेर समुहका मनिसहरु देखिन्थे । ६ बजेसम्म पातालो उपस्थिती भए पनि साँझ ढल्कदै गएसगै बाकलियो । सबै जना ब्रो सिस इन्टरटेन्मेन्टले आयोजना गरेको कन्दरा लाईभ चितवनको लागि प्रतिक्षरत थिए ।

२ दशक पछि चितवनमा संगितिक प्रस्तुती दिन लागेको कन्दरा ब्याण्डको के्रज छुट्टै देखिन्थियो । जब सन्दिप क्षेत्रीले कन्दरा ब्याण्डका टिमलाई स्टेजमा बोलाए दर्शकहरुको हुटिङ बढ्न थाल्यो । कन्दराका मुख्य कलाकार विवेक श्रेष्ठले ‘मेरी मायालु’ बोलको गीतबाट दर्शकलाई नचाउन शुरु गरे । बाण्डका संगिताकर्मीहरु सुनिल थापा र बोध बज्राचार्यले उनलाई लगातार साथ दिए । १ दर्जन बढी गीत गाएका उनले हङकङ पोखरा गीत गाएर बिदा भएका थिए ।

विवेकले कन्दरा ब्याण्डका ४ दशक पहिलाको गीत देखि पछिल्लो समय बजारमा आएको गीत भेडी गोठैमा गाएर दर्शकलाई नचाएका थिए । यस क्रममा उनले कन्दरा ब्याण्डा चर्चीत गीतहरु लेककी हे माया’, ’हङकङ पोखरा’, ’तिमी पारी’, ’डाँडा पारी’, ’तगारोमा रुमाल राखी’, ’चञ्चले कान्छी’ गाएर दर्शको संगितिक प्यास मेटाएका थिए ।

कन्दराका मुख्य कलाकार विवेक श्रेष्ठ


 

प्रतिक्रिया दिनुहोस