कहाँ छन् विप्लव ?

सरकारी हेलिकोप्टर स्ट्यान्डबाई !

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १५ : २१
कहाँ छन् विप्लव ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भोलि शुक्रबार सार्वजनिक हुँदैछन् । भोलि नै विप्लव र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चबाट जनतालाई संवोधन गर्ने भएका छन् ।

विप्लवलाई काठमाडौं ल्याउन नेपाल सरकारले ‘हेलिकोप्टर स्ट्यान्डबाई’ राखेको छ । सूचना आउनसाथ स्ट्यान्डबाई राखेको हेलिकोप्टरले विप्लबलाई काठमाडौँ ल्याउनेछ ।  निजी कम्पनीको हेलिकोप्टर सरकारले ‘स्ट्यान्डबाई’ राखेको स्रोतले जनाएको छ । विप्लब कुन ठाउँमा छन् भन्ने खुलाइएको छैन ।

विप्लब जुन ठाउँमा भए पनि सूचना आउनसाथ स्ट्यान्डबाई राखेको हेलिकप्टर लिन जानेछ । विप्लब एकैचोटी प्रधानमन्त्री केपी ओलीसँगको कार्यक्रममा सार्वजनिक हुनेछन् । भोलि शुक्रबार २ बजे राजधानीको कार्यक्रममा विप्लवले पनि संवोधन गर्ने कार्यक्रम तय भएको छ । 

सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रूरुपमा सम्बोधन गर्ने कार्यक्रम छ । विप्लव कहाँ छन् भन्ने खुलाइएको छैन ।

स्रोतले भन्यो, “विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जानकारी छैन । विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।  विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो, तीन बुँदे सहमति भएसँगै प्रतिबन्ध फुकुवा भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस