नेत्रविक्रम चन्द समूह शान्तिपूर्ण राजनीतिमा, चन्दका एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, ११ : ४१
नेत्रविक्रम चन्द समूह शान्तिपूर्ण राजनीतिमा, चन्दका एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । बिहीबार सरकारी पक्ष र विप्लव पक्षबीच भएको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । 

सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन् । यसअघि विप्लव समूहले आफ्ना एक हजार बढी नेता कार्यकर्ता राज्यले नियन्त्रणमा लिएको बताउदै आएको थियो ।

सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत पर्नेछन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने उल्लेख छ । साथै विप्लव समुहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने भएको छ ।

सरकारले दुई वर्ष अघि फागुन महिनामै हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समुहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस