वार्ता समिति बनाउदै  विप्लव समूह

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १३ : १८
वार्ता समिति बनाउदै  विप्लव समूह

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ ।

विप्लव समूह स्रोतले सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने स्रोतले  बतायो ।

यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस