सर्वोच्चको फैसलापछि यस्तो आयो संविधानविद् भीमार्जुन आचार्यको प्रतिक्रिया

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, २१ : १८
सर्वोच्चको फैसलापछि यस्तो आयो संविधानविद् भीमार्जुन आचार्यको प्रतिक्रिया

संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता पराजित भएको बताएका छन् ।

Yeti Diistillery Tansen Cement box

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरिदिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हु्न । 

‘फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजीत भएको छ ।

विश्व मञ्चमा सिंगो देश,कानूनी व्यवस्था, न्यायलय र जनताको शाख उँचो भएको छ। अरू कार्यभार पुनस्थापित संसद र दलहरुले पूरा गर्नु पर्ने अपेक्षा गरिएको छ’, ट्वीटरमार्फत उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस