प्रचण्ड–माधव समुहले राजधानीमा मनायो जनयुद्ध दिवस

सफल खबर संवाददाता

शनिबार, ०१ फागुन २०७७, १२ : ०२
प्रचण्ड–माधव समुहले राजधानीमा मनायो जनयुद्ध दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज राजधानीमा एक कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा एक विशेष कार्यक्रमको आयोजना गरि २६ औं गणतन्त्र दिवस मनाएको हो । 

कार्यक्रममा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेत्री पम्फा भुसाल, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा अर्का अध्यक्ष माधव कुमार नेपाल भने सहभागी भएका थिएनन् ।

सो कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते तथा अपांग तथा बेपत्ता परिवारलाई सम्मान प्रकट गरिएको थियो । 
तत्कालीन माओवादीले २०५२ सालमा गरेको तत्कालीन जनयुद्ध १० वर्षसम्म सञ्चालित भएर सो पार्टी शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियामा आएको थियो । जनयुद्धका क्रममा करिब १७ हजारले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया दिनुहोस