राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र

रासस

बुधबार, २१ माघ २०७७, १५ : १९
राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र

काठमाडौं । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।  

भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे ।

मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा गीत प्रस्तुत गरेका थिए ।  कार्यक्रममा श्हरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध  रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

मन्त्री मानन्धरसँग आज दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस