ललितपुरको दक्षिणी भेगमा विप्लव समूह सक्रिय

पत्रपत्रिकाबाट

बुधबार, १४ माघ २०७७, ०८ : ४५
ललितपुरको दक्षिणी भेगमा विप्लव समूह सक्रिय

file photo

काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरुका गतिविधिबारे निगरानी बढाएको छ । 

सरकारको निर्देशनअनुसार  नै उनीहरुको क्रियाकलापबारे सुक्ष्म अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए । 

ललितपुरको दक्षिणी भेग भौगोलिक हिसावले विकट भएकाले सोही क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न सक्ने ठहर गर्दै प्रहरीले नियमित गस्ती गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ । बाँस्तोलाई प्रहरीले सोही क्षेत्रबाट पक्राउ गरेको थियो भने प्रवक्ता प्रकाण्ड उम्किन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस