‘प्रधानमन्त्री ओली पाप पखाल्न पशुपति पुगे’ : भिम रावल

पत्रपत्रिकाबाट

बुधबार, १४ माघ २०७७, ०७ : ४९
‘प्रधानमन्त्री ओली पाप पखाल्न पशुपति पुगे’ : भिम रावल

मुगु । संविधानमाथि लात हानेर संसद् विघटन गरेका प्रधानमन्त्री केपीशर्मा ओली पाप पखाल्न पशुपति पुगेको नेकपा दाहाल(नेपाल समूहका नेता भीम रावलले आरोप लगाएका छन् ।

नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा पुगेर ओलीले दिप बत्ती बाल्न थालेको नेता रावलले आरोप लगाएका हुन् । गमगढीमा मंगलबार दाहाल(नेपाल समूहले आयोजना गरेको विरोध सभामा बोल्दै रावालले प्रधानमन्त्रीले संविधान कुल्चेर संसद विघटन गरेको बताए । ‘संसद् विघटनको चौतर्फी विरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न प्रधानमन्त्री पशुपति पुगेका हुन्, रावलले भने, तर पशुपतिले प्रधानमन्त्रीलाई पापको क्षमा दिने छैनन् ।’

ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको, विदेशीसंग झुक्‍न थालेको, एमसीसी सम्झौता गर्ने, कानुन विरोधी काम गर्न थालेपछि पार्टीले उनका कार्यशैलीलाई रोक्न निर्देशन मात्र दिएको रावलको भनाई छ । ‘कोरोना भाइरस नियन्त्रणमा प्रधानमन्त्रीको कुनै चासो देखाएन अहिले जनतालाई कोरनाविरुद्ध खोप चाहिएको छ,' नेता रावलले भने,'त्यसका लागि ५० अर्ब रकम आवश्यक परेको र त्यतातिर प्रधानमन्त्रीको ध्यान नगएर ५० अर्ब खर्च गरेर निर्वाचन गर्न खोजेका छन् ।’ प्रधामन्त्री ओलीले भ्रष्टचार नियन्त्रणमा चासो नदिएर उल्टै भ्रष्टचार गर्ने व्यक्तिलाई ढाकछोपमा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस