विप्लवका कार्यकर्ताले मकवानपुरमा बोलेरो जिप जलाए

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, ०८ : ४४
विप्लवका कार्यकर्ताले मकवानपुरमा बोलेरो जिप जलाए

file photo

काठमाडौं । ‘विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा बोलेरो जिप जलाएका छन् । 

काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले बताए । 

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा।१३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस