धर्मेन्द्र पक्राउको विरोधमा विप्लव समूहद्वारा आन्दोलन घोषणा

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १७ : ३०
धर्मेन्द्र पक्राउको विरोधमा विप्लव समूहद्वारा आन्दोलन घोषणा

काठमाडौं । विप्लब समूहले पाँच दिने आन्दोलनको घोषणा गरेको छ । पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध समूहले आन्दोलन घोषणा गरेको हो ।

समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस