चितवनमा ठुलो लगानी भित्रदै, ३० करोडको लागतमा निर्मित ‘चितवन गार्डेन रिसोर्ट’ संचालनको अन्तिम तयारीमा

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, ०९ : २२
चितवनमा ठुलो लगानी भित्रदै, ३० करोडको लागतमा निर्मित ‘चितवन गार्डेन रिसोर्ट’ संचालनको अन्तिम तयारीमा

चितवन । पर्यटकिय हब तथा विभिन्न सुविधाले आकर्षण बढ्दै गएपछि भरतपुर महानगरपालिकामा ठुलो लगानीका व्यवसायिक प्रतिष्ठानहरु धमाधम संचालनमा आउन थालेको छ । 

यस्तै ठुलो लगानीमा भरतपुर महानगरपालिका–१० स्थित कटहर चोकमा ‘चितवन गार्डेन रिसोर्ट’ अँग्रेजी नयाँ वर्ष (जनवरी १) देखि संचालनमा आउने भएको छ । रिसोर्टले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी १ तारिख देखि रिसोर्ट नियमित संचालनमा आउने जनाएको छ । रिसोर्टमा २८ वटा विभिन्न क्याटारोगी भएका लक्जरियस कोठाहरु छन् भने डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, व्याङक्वेट हल पनि रहेका छन् ।

रिसोर्टका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रिसोर्टबाट समुद्घाटन गर्ने तयारी गरिएको बताए । 
प्रवन्ध निर्देशक घिमिरेले  ३० करोडको लागतमा होटल संचालनमा ल्याईएको बताए ।  होटल भरतपुर विमानस्थलसंगै जोडिएकाले पाहुनाहरुका लागि सहज हुने रिसोर्टका संचालक शिव ढकालले बताए । रिसोर्टमा ३२ जनाले रोजगारी पाएका छन् । 

प्रतिक्रिया दिनुहोस