विप्लव समूहले लियो शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मा

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, २१ : १३
विप्लव समूहले लियो शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मा

काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ ।

विप्लव नेकपाको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । मिक्लाजुङ गाउँपालिका १ का श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी बैठकका क्रममा प्रहरी बोलाएको दमन गरेको, प्रहरीको सुराकीको रुपमा काम गरेको, नेता कार्यकर्तालाई पक्राउ गराएकोलगायतका आरोप विप्लव समूहले लगाएको छ । श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस