राराताल नेपाल कै एक मात्रै ठुलो ताल , जुन अहीले मुख्य पर्यटकीय गन्तव्य बनेको छ ।

बुधबार, १५ कार्तिक २०७४, २० : ४३
राराताल नेपाल कै एक मात्रै ठुलो ताल , जुन अहीले मुख्य पर्यटकीय गन्तव्य बनेको छ ।

कर्णाली अञ्चलको मुगुमा पर्ने राराताल (२९९० मिटर) मुलुककै ठूलो ताल हो । ताल १ सय ६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र ३ किमि चौडा छ । ताल किनारको लम्बाइ १४.६ किमि छ, हिँडेर फन्को मार्न ४ घन्टा लाग्छ ।
सरकारले विसं २०३२ सालमा बनाएको रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल १०६ वर्ग किमि छ । जुम्लाबाट पदयात्रा गर्दा घुच्चिको लेक(३,४४६ मिटर) र चुच्चेमारा (३,८०२ मिटर) पार गर्नु पर्छ । ताल किनारमा डाँफे र हेरिटेज नाउँका दुई होटल छन् । तालको पुरा छवी खिच्न मुर्माटप चढ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस