काठमाडौ । तनहुँको देवघाट गाउँपालिका–३ निवासी ७३ वर्षीया माया गुरुङले ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्य र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज घरमै पुगेर उहाँलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आउनुभएकी उहाँले नागरिकता नपाएको जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाले आवश्यक कागजातसहित प्रशासनमा सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको बताउनुभयो । नागरिकताको प्रमाणपत्र नहुँदा गुरुङले हालसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्न सक्नुभएको थिएन । गाउँपालिका अध्यक्ष थापाले अब ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया शुरु गरिने जानकारी दिनुभयो । नागरिकताको प्रमाणपत्रसँगै गुरुङलाई चार÷पाँच महिनाका लागि पुग्ने खाद्यान्न सामग्री, भाडावर्तन र न्यानो कपडासमेत उपलब्ध गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ मंसिर २०७७, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
८१ वर्षको उमेरमा नागरिकता
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका