अभिनेतालाई फ्यानले भगवान मानेपछि..

एजेन्सी

मंगलबार, ०२ मंसिर २०७७, १२ : ००
अभिनेतालाई फ्यानले भगवान मानेपछि..

बलिउड अभिनेता सोनु सुद सधैँ समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्नेमा अगाडि छन् । जो उनीसँग सहयोगको अपेक्षा गर्दछन्, उनीहरुलाई सहयोग गर्न उनी मरिमेटेर लाग्छन् ।  दोस्रो व्यक्तिको सहयोगका लागि हमेसा तयार रहने सोनुलाई उनका फ्यानले पूजा नै गरेको खबर आएको छ । 

हालै सामाजिक संजालबाट एउटा भिडियो बाहिर आएको छ । जुन भिडियोमा एक व्यक्तिले देवताको तस्विरका साथ अभिनेता सुदको तस्बिर समेत राखेर पूजा गरिरहेका छन् ।

भिडियोमा सोमनाथ श्रीवास्तब नाम भएका ती व्यक्तिले सुदको फोटोका साथ देवताको फोटो राखेर एकसाथ पूजा गरेका हुन् । सोमनाथले भिडियो सार्वजनिक गर्दै अभिनेता सुदलाई समेत ट्याग गरेका छन् । 

सोनुले भने ती फ्यानलाई आफ्नो स्थान त्यो नभएको बताएका छन् । उनले लेखेका छन् ‘मेरो स्थान त्यो होइन । मात्र तपाइको दिलमा हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस