६.९९ ब्याजदरको बिजनेस कर्जा ल्याइँदै

पत्रपत्रिकाबाट

आइतबार, ३० कार्तिक २०७७, ०८ : २४
६.९९ ब्याजदरको बिजनेस कर्जा ल्याइँदै

काठमाडौं । व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल बैंकले ६.९९ प्रतिशत ब्याजदरको बिजनेस कर्जा योजना ल्याउने भएको छ । ८४औं वार्षिकोत्सवका अवसरमा बैंकले आइतबार उक्त कर्जा योजना सार्वजनिक गर्दै छ । ‘एनबीएल एनिभर्सरी बिजनेस लोन’ नाम दिइएको कर्जा योजना व्यावसायिक क्षेत्र लक्षित ‘प्रडक्ट’ हो ।

कर्जा लिन व्यवसाय सञ्चालन भएको कम्तीमा ६ महिना पुगेको हुनुपर्नेछ । व्यवसायको प्रकृति र आकारका आधारमा लागतको शतप्रतिशत र स्टक तथा रिसियबलको बढीमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस