काठमाडौं । नेपालसँगको सम्बन्धलाई विशेष महत्त्व दिँदै आएको दाबी गर्ने भारतले चार वर्ष बितिसक्दा पनि नेपालको बैंकिङ प्रणालीमा रहेका पुराना भारु नोट साट्नेतर्फ भने चासो देखाएको छैन ।
भारत सरकारले कालो धन र नक्कली मुद्रा नियन्त्रण गर्न भन्दै २३ कात्तिक २०७३ मा त्यति बेला प्रचलनमा रहेका भारु ५ सय र १ हजार दरका नोट खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको पनि चार वर्ष बितिसकेको छ । तर नेपाल राष्ट्र बैंकले संकलन गरेको करिब ५ करोड भारु अझै सटही हुन सकेको छैन ।
‘प्रचलनमा नरहेको करिब ५ करोड भारु नोट साट्न बाँकी छ,,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने । भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । तर सबै निकायसँग रहेको भारु संकलन गर्दा करिब ५ करोड जम्मा भएको छ ।
यसबीचमा सम्बन्धित निकायले विभिन्न माध्यममार्फत केही भारु सटही गरिसकेका छन् । यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ कार्तिक २०७७, ०८ : २२
लेखकबाट थप