काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण गर्ने कार्यक्रम विवादमा पर्न थालेको छ । गुणस्तर मापन गर्दै दिइने ब्राण्डका लागि आर्थिक चलखेल भएको र गुणस्तर सुनिश्चितता गरिएका संस्थामै कैफियत देखिन थालेपछि कार्यक्रमकै विश्वसनियतामा प्रश्न उठ्न थालेको हो ।
नेपालमा एसियाली ऋण महासंघ ९अक्कु० तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून० ले सहकारीको गुणस्तर सूनिश्चितता गर्ने ब्रान्डिङ कार्यक्रम एक्सेस वि। सं। २०६५ देखि सञ्चालन गर्दै आएका छन् । हाल यस कार्यक्रममा ६ दर्जन संस्थाआवद्ध छन् ।
नेफ्स्कूनले नै सहकारी विभागसँगको सहकार्यमा प्रोवेशन र आफैंले मात्र कब्र्स सञ्चालन गरिरहेको छ । दुवै कार्यक्रममा गरी ५ सय हाराहारीमा संस्था आवद्ध रहेका छन् । यसैगरी गत वर्षवाट राष्ट्रिय सहकारी बैंकले समेत एससीबीएल केयर नाममा ब्राण्डिङ कार्यक्रम सुरु गरेको छ ।
गुणस्तर सुनिश्चितता गर्नका लागि संचालन गरिएका कार्यक्रममा सहभागितामा सहकारीको आकर्षण बढ्दै गएपनि ब्राण्ड लिनका लागि भएका चलखेलका कारण विश्वसनियतामा भने प्रश्न उठ्न थालेको कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ कार्तिक २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय