राजनीति

आर्शिवाद थाप्दै बामगठबन्धका उम्मेदवार जनताको घरघरमा

शनिबार, ०९ मंसिर २०७४, १३ : १६
आर्शिवाद थाप्दै बामगठबन्धका उम्मेदवार जनताको घरघरमा

चितवन / संयुक्त बाम गठबन्धन चितवन क्षेत्र नंं. २ ले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । कालिका नगरपालिका वडा नं.४,५ र ६ मा शनिबार बिहान घरदैलो गरेको छ । क्षेत्र नं.२ का प्रतिनिधीसभा सदस्य कृष्णभक्त पोखरेल तथा प्रदेश सदस्य घनश्याम दाहाल अभिनासले संयुक्त रुपमा घरदैलो गर्नु भएको थियो । आफ्ना मतदातासगँ दुबै उम्मेदवारले आफ्नो तर्फबाट प्रतिवद्धता व्यक्त समेत गर्नु भएको छ ।

घरदैलोका क्रममा बोल्दै प्रतिनिधी सभाका उम्मेद्वार कृष्णभक्त पोखरेलले बामपन्थीको दुई तिहाई नभएर बहुमतको सरकार बन्ने संकेत गर्दै देशको स्थिरताको लागि बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । उहाँले पुसमै दुई ठुला कम्युनिष्ट पाटीहरु एक हुने भन्दै चितवनको विकास केवल अब बन्ने बृहत कम्युनिष्ट पार्टीले मात्र गर्न सक्ने बताउनुभएको थियो । अब धेरै समय छैन ,मात्र २ महिना पछि नै चितवनको विकासले नसोचेको गति लिने उहाँको भनाई थियो ।

त्यसतै क्षेत्र नंं २ प्रदेश क का प्रदेश सदस्य घनश्याम दाहालले कालिका नगरपालिकामा हाल ऐलेनी खुल्ला जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई स्थाई रुपमा बसोबासको व्यवस्था मिलाउने बताउनुभयो । उहाँले कालिकाको समस्यामा रहेको गुमखोलालाई खयरी खोलामा जोड्ने काम,औद्योगिक क्षेत्र संचालन तथा स्थानिय विद्यालयहरुलाई व्यावस्थित बनाईने बिषयलाई प्रथामिकतामा राख्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस