काठमाडौं । रकमको लेनदेनको मौखिक सहमतिपछि करणी (कानुनी भाषामा शारीरिक सम्पर्क) भएको देखिएको भन्दै जिल्ला अदालत मोरङले बलात्कारका आरोपितलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आरोपित काजी भनिने काजीमान श्रेष्ठलाई धरौटीमा रिहा गरेको हो ।
आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको ‘तत्काल कसुरदार नदेखिएको’ अवस्थामा प्रयोग हुने दफा उद्धृत गरिएको छ । सिजुवा सांकेतिक नाम दिइएकी विवाहित दलित युवती गत भदौ २३ गते घरनजिकै घाँस काट्न गएकी थिइन् । सिजुवाको जाहेरी अनुसार छिमेकी काजीमान श्रेष्ठले उनलाई घरदेखि टाढा एकान्त बाँसघारीमा लुकेर ढुकेर बसेका रहेछन् । काजीमानले उनलाई बोलाए ।
उनले वास्ता गरिनन् । काजीमानले पछ्याए । ‘पछाडिबाट मलाई समाती तानेर बाँसघारीमा लगे,’ जाहेरीमा पीडित युवतीले भनेकी छन्, ‘बोलेमा काटेर मारिदिन्छु भनी डरधम्की देखाए ।’ त्यसपछि आफूमाथि जबर्जस्ती करणी भएको पीडितको जाहेरीमा उल्लेख छ । काजीमानको दाबी ठीक उल्टो छ । उनले सिजुवा र आफू छिमेकी रहेको बताउँदै पहिलेदेखि उनले आफूलाई पछ्याइरहेको दाबी गरेका छन् ।
घटनाका दिन आफूसँग हजार रुपैयाँ मागेको र आफूले दिन इन्कार गरेको काजीमानको दाबी छ । ‘करणी (यौन सम्पर्क) गर्न दिन्छु भनेकाले मैले खेतनजिकैको बाँसघारीमा दुवैको मञ्जुरीमा करणी गरेको हुँ,’ काजीमानले प्रहरीमा गरेको बयान जिल्ला अदालतमा पनि दोहोर्याएका छन् । अदालतमा उनले घटना स्विकार्दै ‘सहमतिमा सम्पर्क भएको’ दाबी गरेका छन् ।
जिल्ला अदालतको आदेशमा पीडितले हजार रुपैयाँ मागेको र त्यसबापत यौनसम्पर्क गर्न दिन्छु भनेकाले दुवै जनाको सहमतिमा खेतनजिकैको बाँसघारीमा सम्पर्क गरेको भन्ने काजीमानको दाबीलाई न्यायाधीश कोइरालाले महत्त्वका साथ उद्धृत गरेका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ असोज २०७७, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ