CG Landmark

प्रदेश नं १ मा १८१ सङ्क्रमित थपिए

रासस

आइतबार, ११ असोज २०७७, १९ : ३४
प्रदेश नं १ मा १८१ सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ ।

थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश बाहिरका एकएक जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । 

Yeti Diistillery Tansen Cement box

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४३६ पुगेको छ भने इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट तीन, मारवाडी सेवा सदन आइसोलेसनबाट दुई जना गरी ३६ जनासहित अहिलेसम्ममा दुई हजार ८२५ उपचार पछि घर फर्किसकेका छन् ।

गएको सो अवधिमा ९६७ जनासहित अहिलेसम्ममा एक लाख २० हजार ९९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस