बागमती प्रदेशमा आज सबैभन्द धेरै संक्रमित थपिए

रासस

शनिबार, १० असोज २०७७, २१ : १६
बागमती प्रदेशमा आज सबैभन्द धेरै संक्रमित थपिए

काठमाडौं । शनिबार थपिएका १२०७ संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै ८०६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार त्यसपछि प्रदेश ५ मा १७२ जना रहेका छन् भने प्रदेश १ मा ११२, प्रदेश २ मा ५५, गण्डकी प्रदेशमा २४, सुदूर पश्चिम प्रदेशमा ३७ जना रहँदा कणाली प्रदेशमा १ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस